सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका डम्बरसिंहको गाडी दुर्घटनामा परेर भारतमा मृत्यु 

२०८० साउन ५, ११:५६ खबर संवाददाता

धनगढीः बैतडीका डम्बरसिंह धामीको गाडी दुर्घटनामा परेर भारतमा मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका वडा नम्बर–४ बिशुनाका देबसिंह धामीका २२ वर्षीय छोरा डम्बरसिंह धामीको भारतको बेंगलोर उटी भन्ने ठाउँमा गाडी दुर्घटनामा परेर मृत्यु भएको हो।

१२ दिन पहिले मात्रै आफ्नै काकासँग उनी बेंगलोर गएका थिए। डिउटीबाट क्वाटरमा जानेबेला उनलाई बिहीवार बिहान गाडीले ठक्कर दिएको थियो। गाडीको ठक्करबाट गम्भीर घाइते भएका धामीको उपचारको क्रममा मृत्यु भएको आफन्त तिलकसिंह धामीले बताए। उनको घरमा श्रीमती र एक छोरी छन्।
 

कमेन्ट लोड गर्नुस