सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराकी मिनाले बाटोमै जन्माइन् बच्चा

२०८० असार २७, ०९:५८ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराकी एक महिलाले बाटोमै शिशुलाई जन्म दिएकी छिन्।

जिल्लाको परशुराम नगरपालिका–८ जमरानीकी मिना लुहारले बाटोमै शिशुलाई जन्म दिएकी हुन्। प्रसव पीडा सुरु भएपछि उनलाई पिठ्युँमा बोकेर जोगबुढा अस्पताल लगिन लागिएको थियो। तर, अस्पताल नपुग्दै उनले बाटोमै शिशुलाई जन्माएको स्थानीयले बताएका छन्। उनलाई अस्पताल लग्न एम्बुलेन्स त के स्टेचरसमेत नपाइएको स्थानीय भुपेन्द्र धामीले बताए। 
 

कमेन्ट लोड गर्नुस