धनगढीमा भन्सारछलीका ब्रोइलर कुखुरासिहत एक जना पक्राउ
धनगढीः कैलालीमा भन्सारछलीका ब्रोइलर कुखुरासहित एक जना पक्राउ परेका छन्।
जिल्लाको धनगढी उप महानगरपालिका–१७ धुर्जन्नामा भारतबाट भन्सार छली ८० हजार मुल्य बराबरको २५० किलोग्राम ब्रोइलर कुखुरासहित सोहि ठाउँका २५ वर्षीय दिपक बोहरा आज (शुक्रबार) बिहान पक्राउ परेका हुन्।
बरामद गरेका ब्रोइलर कुखुरालाई नष्ट गरि बोहरालाई आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ।