सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा नाबालिक करणी आरोपमा एक युवक पक्राउ

२०८० असार २२, ०५:०० खबर संवाददाता

धनगढीः  बैतडीमा नाबालिक बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर–५ कुवाकोट घर भएका राकेश कुँवर करणी आरोपमा पक्राउ परेका हुन्। कुँवरले पुर्चौडीकै नाबालिक किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि पक्राउ गरिएको बैतडी प्रहरीले जनाएको छ।

अभियुक्त कुँवरलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको बैतडी  प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस