सुरक्षा निकायलाई विपद् व्यवस्थापन सामग्री सहयोग
धनगढीः धनगढी उपमहानगरपालिकाले सुरक्षा निकायलाई विपद् व्यवस्थापन सम्बन्धी सामग्री सहयोग गरेको छ। उपमहानगरले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई विपद्को समयमा प्रयोग हुने सामग्री हस्तान्तरण गरेको हो।
उपमहानगरले जिल्ला प्रहरी कार्यालय कैलाली र सशस्त्र प्रहरी बल नेपाल न.३४ गण हेडक्वाटर धनगढीलाई विपद्को बेला आवश्यक पर्ने विभिन्न सामग्री हस्तान्तरण गरिएको नगरप्रमुख गोपाल हमालले बताए।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई लाइफ ज्याकेट २०/२० थान, हेलमेट २०/२० थान, गमबुट १५/१५ जोर, स्टेक्चर १५/१५ वटा, हेन्ड माईक १/१ वटा र फलामको बाल्टी १५/१५ थान हस्तान्तरण गरिएको नगप्रमुख हमालले बताए।