स्थानीय तहहरु औषाधी खरिदको जिम्मेवारी पुरा गर्न असफल (भिडियाे रिर्पाेट सहित)
क्षेत्रीय मेडिकल स्टोरलाई अख्तीयारी छैन
संघियताले ल्याएको अलमलका कारण प्रदेश नम्बर ७ का पहाडी क्षेत्रमा औषधीको अभाव भएको छ । संघियताको संरचना अनुसार औषधी खरिदको अधिकार तथा जिमेवारी स्थानीय तहलाई छ तर स्थानीय तहहरु औसधी खरिदको जिम्मेवारी पुरा गर्न असफल भएका हुन् । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचीत भएको एक बर्ष भएको छ तर स्थानीय तहहरुले औषधीका लागि प्रक्रिया अगाडी बढाउन झन्झट मानेका छन् । औषधीको खरीद गर्न नसकेका स्थानीय तहहरुले क्षेत्रीय मेडीकल स्टोर अर्थात अहिलेको खरिद आपुर्ती शाखालाई गुहार्दै आएका छन तर उस्लाई त्यस्को अख्तियारी छैन् ।
कमेन्ट लोड गर्नुस