धनगढी उप–महानगरपालिका क्षेत्रका नयाँ सडकहरुको दुरावस्था
सेतो पुल पलाईउड सडक
५८ लाख ८० हजार ८ सयको लागतको धनगढी उप–महानगरपालिका वडा नम्बर १ को सेतो पुल पलाईउड सडक मिनु कन्ट्रक्सनले गत मागमा सम्पन्न गरेको हो। २०७३ माघ १० गते कन्ट्रक्सनसँग १ वर्षे निर्माण अवधी तोकेर सम्झौता गरी उप–महानगरपालिकाले निर्माण गरेको उक्त सडक निर्माण व्यवसायीले माघ ५ गते सम्पन्न गरेका हुन्। २ सय ९४ मिटर लम्बाई र १२ मिटर चौडाई रहेको सो सडक सम्झौता निर्धारित समय भन्दा ७ महिना ढिलो गरी निर्माण गरिएको हो। तर ६ महिना नबित्दै सडकमा गरिएको कालोपत्रे उप्कीन थालेको छ भने खाल्डा खुल्डीले आवत जावतमा समस्या भएको छ ।
साझा विकास बैँक एस.पिए सडक
स्थानीय उपभोक्ता र धनगढी उप–महानगरपालिकाको २३ लाख ४ हजारको लागतमा निर्माण भएको साझा विकास बैँक एस.पिए सडकको अवस्था पनि उस्तै रहेको छ। स्थानीय उपभोक्ताको १५ लाख लगानी रहेको यो सडक आर्थिक वर्ष २०७२÷७३ मा निर्माण गरिएको हो। यो सडकको २ सय ४० मिटर लम्बाई छ।