सुदूर नेपाललाई विश्वसँग जोड्दै

वेस्ट इन्डिजसंग नेपाल पराजित 

२०८० असार ७, ०९:१८ खबर संवाददाता

विश्वकप क्रिकेट छनोटको आफ्नो तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसंग १ सय १ रनले पराजित भएको छ।

वेस्ट इन्डिजले दिएको ३४० रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको नेपाली टिम ४९.४ ओभरमा २ सय ३८ रन बनाउँदै अल आउट भएको हो। आजको खेलमा नेपालका आरिफ शेखले सर्वाधिक ६३ रन बनाए भने गुल्सन झाले ४२ रन बनाए। कप्तान रोहित पौडेलले ३० रन बनाएको आजको खेलमा करण केसीले २८, आशिफ शेखले २८ तथा दिपेन्द्र सिंह ऐरीले २३ रन बनाए।

वेस्ट इन्डिजका जेसन होल्डरले तीन, अल्जारी जोसेफ, कीमो पाउल तथा अकील हुसैनले समान दुई तथा काइल मायर्सले एक विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गर्न उत्रिएको वेस्ट इन्डिजले कप्तान साई होपको १३२ तथा निकोलस पूरनको ११५ रनको मद्दतले ७ विकेटको क्षतिमा ३३९ रन बनाएको थियो।
 

कमेन्ट लोड गर्नुस