सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालले पायो ३४० रनको विशाल लक्ष्य

२०८० असार ७, ०४:४८ खबर संवाददाता

आईसीसी विश्वकप छनोट अन्तर्गत वेस्ट इन्डिजसँगको खेलमा नेपालले ३४० रनको विशाल लक्ष्य पाएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले साई होप र निकोलस पुरनको शतकमा सात विकेट गुमाउँदै ३३९ रन बनाएको हो। होपले १२९ बलमा १३२ रन बनाए भने पुरनले ९४ बलमा ११५ रन बनाए। त्यस्तै, वेस्ट इन्डिजका ब्रान्डन किङले ३२, रोवमन पावलले २९ र जेसन होल्डरले १६ रन बनाए।

नेपालका लागि ललित राजवंशीले तीन विकेट लिए। उनले होप, पुरन र केमो पावललाई आउट गरे। त्यस्तै, करण केसी, गुल्सन झा, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए। नेपालले अहिलेसम्म सबैभन्दा बढी २८७ रनको लक्ष्य पूरा गरेको छ। गत माघमा काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८७ रनको लक्ष्य नेपालले आठ विकेट गुमाएर पूरा गरेको थियो।

केही बेरमा नेपालले ब्याटिङ गर्नेछ।
 

कमेन्ट लोड गर्नुस