सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका एक युवकको करेन्ट लागेर कैलालीमा मृत्यु

२०८० असार ७, ०९:१२ खबर संवाददाता

धनगढीः कञ्चनपुरका एक युवकको करेन्ट लागेर कैलालीमा मृत्यु भएको छ।

जिल्लाको लालझाडी गाउँपालिका–४ देखतभूलीका धन बहादुर रानाको छोरा अन्दाजी १७ वर्षीय सञ्जय रानाको करेन्ट लागेर मृत्यु भएको हो। कैलालीको चिसापानी विद्युत लाइन खिच्ने क्रममा करेन्ट लागेर बुधवार साँझ मृत्यु भएको बताइएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।  
 

कमेन्ट लोड गर्नुस