सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

२०८० असार ७, ०५:४८ खबर संवाददाता

बैतडीः बैतडीलाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। सदरमुकामस्थित गोठलापानीमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।

जिल्लाका १० वटै स्थानीय तहमा रहेका खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाइसकेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। 

पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणाका लागि १६ देखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाएको हुनुपर्दछ। उक्त उमेर समूहका १५ हजार २१ बालबालिकाले खोप तालिकाअनुसार खोप पाइसकेका छन्। 

कमेन्ट लोड गर्नुस