सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक घरमा आगलागी हुदा दुई लाख बढीको क्षती

२०८० असार ४, १०:५९ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरमा सोमबार दिउँसो एक घरमा आगलागी भएको छ।

जिल्लाको लालझाडी गाउँपालिका– ४ डाडाजाईका रथि सार्कीको भुईतले काठले बनेको,टायल र खरले छाएको चार कोठे घरमा आगलागी भएको हो। घरमा आगलागी हुँदा अन्नपात, लुगाकपडा, काठपात, नगद  ७८ हजारसहित अन्दाजी दुई लाख २० हजार बराबरको सामानहरु जली नष्ट भएको छ।

उक्त घरको नजिकै रहेको गोठमा बाधेको एउटा भैसी सामान्य जलेको छ। आगलागी प्रहरी र स्थानियहरुको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस