सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, घाइते चालकसँग भेटियो लागुऔषध

२०८० असार ४, १०:११ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा मोटरसाइकल दुर्घटना भएको छ। जिल्लाको भिमदत्त नगरपालिका–१२ ओदालीमा भिमदत्त–१८ का २७ वर्षीय शंकरदत्त भट्टले चलाएको बा ७१ प ३१६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतवार दुर्घटना भएको हो।

घाइतेको दाहिने खुट्टा र हातमा चोटलागि सामान्य घाईते भएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले बताएको छ। घाइते भट्टको साथबाट लागुऔषध रेक्सोजोसिक ८ सिसि, जेनारगन २ सिसि र २ गोटा लागुऔषध चरेशसमेत फेलापारी गड्डाचौकीले नियन्त्रणमा लिएको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस