कञ्चनपुरमा भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्लाको बेलौरी नगरपालिका–४ बेलौरी बस्ने ३५ वर्षीय संदिप गुप्तालाई आइतबार पक्राउ गरिएको हो। उनलाई बेलौरी नगरपालिका–९ कुण्डाबाट भन्सार छलीका ९४ हजार पाँच सय मुल्य बराबरका टीसर्ट, बच्चाको पेन्टी, ठुलो पेन्टी, मोटरसाईकलसहित पक्राउ गरेको हो।
गुप्तालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिईएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो। उनलाई कार्वाहीको लागि सामानसहित भन्सार कार्यालय कैलाली पठाईएको छ।