सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु    

२०८० असार ३, ११:०५ खबर संवाददाता

धनगढीः बाजुरामा ट्याक्टरबाट खसेर किशोरको मृत्यु भएको छ। 

शनिवार जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ९ १५ वर्षीय नितेश थापको ट्याक्टरबाट खसेर मृत्यु भएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी प्रहरी कार्यालय, धनगढीका अनुसार  गड्तोलास्थित बुढीगंगा नदी किनारबाट से १ त १४०८ नम्बरको ट्याक्टरमा ढुङ्गा ल्याउदै गर्दा उनी ट्याक्टरबाट खसेका थिए।

उनको भित्रि शरिरमा चोटपटक लागेको प्रहरीले बताएको छ। उपचारका लागि डडेल्धुरा अस्पताल ल्उादै गर्दा उनको बाटोमा मृत्यु भएको हो। ट्याक्टर र चालक ३५ वर्षीय गगन साउँदलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
 

कमेन्ट लोड गर्नुस