एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपबाट नेपाल बाहिरियो
एजेन्सीः एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत नेपाल र हङकङबीचको खेलका वर्षाका कारण रद्द भएको छ।
एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाल र हङकङबीचको खेल टस समेत हुन नसकि रद्द भएको हो। खेल रद्द भएसँगै नेपाल र हङकङले १÷१ अंक बाडेका छन्। अंक बाडेसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना समाप्त भएको छ।
हङकङलाई पराजित गरि नेपाल इमर्जिङ टिम्स एसिया कपको सेमिफाइनलमा प्रवेशको सम्भावना जिवित राख्न चाहान्थ्यो। नेपाल र हङकङ बाहिरिएसँगै भारत र पाकिस्तान ए समूहबाट सेमिफाइनल प्रवेश गरेका छन्। प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो।
बिहीबार भारतसँगको दोस्रो खेल भने बर्षाका कारण रद्द भएको थियो। एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो। सेमिफाइनल १९ जुनमा हुनेछ। फाइनल २१ जुनमा हुनेछ।