सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोनो रेल र सुरुङमार्ग सम्भाव्यता अध्ययनका लागि बजेट

२०८० असार १, ०८:०७ खबर संवाददाता

धनगढीः  सुदूरपश्चिम प्रदेश सरकारले गोदावरी–अत्तरिया–धनगढी चौराह सडक खण्डमा मोनो रेलको सम्भाव्यता अध्ययन गर्ने भएको छ।

आर्थिक वर्ष २०८०÷८१ को लागि बजेट ल्याउँदै आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले सार्वजनिक निजी क्षेत्र साझेदारीको अवधारणा अन्तर्गत मोनोरेल सेवाको सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरेको बताए।

साथैै प्रदेश सरकारको बजेटमा बाजुराको ढम्कने–पाण्डुसैन सुरुङमार्ग अध्ययन गर्ने उल्लेख छ। 

कमेन्ट लोड गर्नुस