तुईन मुक्त प्रदेशको सपना: खोला तर्दा डोरीको सहारा
संघीय सरकारले तुईनमुक्त देश र सुदूरपश्चिम सरकारले तुईन मुक्त प्रदेशको नीति अबलम्वन गरेका छन्। तर सुदूरपश्चिमका पहाडी जिल्लामा भने खोला तर्दा डोरीको सहारा लिनुपर्ने बाध्यता छ। बाजुराको सर्वाधिक बिकट गुम्बा गाँउका स्थानीय जाने दुई नदिमा झोलुङ्गे पुल समेत नहुँदा डोरीले तानेर वारपार गर्ने गरेका छन्। हिमाली गाँउपालिका ३ गुम्बा र बौडीको बिचमा पर्ने छिन्दु र गुम्बा खोलामा पुल नहुँदा डोरीले तानेर स्थानिय वारपार गर्ने गरेको स्थानिय लालु कुवर भोटेले बताए।
नदि ठुलो भएकाले हिउँदको समयमा पनि नदि तर्न सकिदैन्, डोरीले तानेर वारपार गर्ने गरेका छौ, पशु चौपाया पनि तानेर वारपार गर्ने गरेको वडा सदस्य जगत बहादुर लामाले वताए। गुम्बा गाँउमा २६ परिवार बसोवास गर्ने गरेका छन्। हिमाली गाँउपालिका बौडी देखी गुम्बा पुग्दा सम्म दुबै नदिमा झोलुङ्गे पुल नहुँदा कष्टकर तरिकाले नदि तर्ने गरेको सदस्य लामाले वताए।
बयबुद्ध लालु कुबरलाइ थाहा भए अनुसार अहिले सम्म नदि तर्ने बेला ७ जना बगेर बेपत्ता भएका छन्। पशुचौपाय बर्षेनी धेरै बगेर मर्ने गरेको छन्। गुम्बा खोला त अलि सानै रहेको छ। छिन्दु खोला हिउँदमा त तर्न सकिन्न बर्षात झनै समस्या हुने गरेको स्थानियले वताएका छन्। नदि भिरालो भएर बग्ने भएकाले पौडी खेलेर तर्न समेत समस्या भएको लालु कुवरले भने। हिउँदको समयमा काठेपुल निर्माण गरेपनी बर्षातमा बगाउने र काठेपुल निर्माण गर्न पनि निकै समस्या हुने गरेको उनले वताए। छिन्दु खोला झुलङ्गे पुल नुहदा गुम्बा गाँउमा मात्र नभइ हिमाली भेग तिर जान र सैन हिमालमा जडिबुटि संकलन गर्न जान आवतजावत गर्न निकै समस्या भएको छ। पुल निर्माणका लागि पटक पटक पहल गर्दा पनि कतै बाट सहयोग नभएको स्थानियले वताएका छन्।