एसिया कप अगस्ट ३१ तारिखदेखि हुने
एजेन्सीः एसिया कप क्रिकेट प्रतियोगिता सन् २०२३ मा पाकिस्तान र श्रीलंकामा हुने भएको छ।
पाकिस्तानमा प्रतियोगिताका जम्मा ४ खेल हुनेछन्। बाँकी ९ खेल श्रीलंकामा हुनेछन्। समूह चरणको प्रारम्भिक चार खेल पाकिस्तानमा हुनेछ। जसमा एउटा समूहबाट नेपाल र पाकिस्तान र अर्को समूहबाट अफगानिस्तान र बंगलादेश, अफगानिस्तान र श्रीलंका र बंगलादेश र श्रीलंकाबीचको खेल हुनेछ। तर भारतले पाकिस्तानसँग एक खेल खेल्ने छैन। फाइनल पनि श्रीलंकामा हुनेछ।
अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म हुने यस प्रतियोगिताको कुन कुन सहरमा हुने भन्ने जानकारी भने खुलाइएको छैन। श्रीलंकामा समुह चरणबाट भारत र पाकिस्तान र भारत र नेपालबीचको खेल हुनेछ। यसपछि दुवै समूहका शीर्ष २ टोली सुपर–४ मा पुग्नेछन्। सुपर–४ का सबै खेल र फाइनल पनि श्रीलंकामा मात्रै हुनेछन्।