कञ्चनपुरमा भन्सार छलीका सामान बरामद
कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको बेलौरी नगरपालिका–२ बैजुडाडा र बैशाखा चोकमा बुधवार भन्सार छलिका अन्दाजी २४ हजार ६ सय मुल्य बराबरका चिनि, गुड, डिउ (पिय पदार्थ), खाने तेल लगायतका सामान प्रहरीले बरामद गरेको छ।
त्यस्तै भीमदत्त नगरपालिका–१० गड्डाचौकीमा भन्सार छलीका अन्दाजी १२ हजार ८ सय मुल्य बराबरका चिनी, मैदा र बिस्कुट बरामद गरिएको छ। उक्त सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, इलाका प्रहरी कार्यालय बेलौरी, प्रहरी चौकी टेडुवा र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले बेवारीसे अवस्थामा फेलापारि नियन्त्रणमा लिएको हो।