सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलीका सामान फेला

२०८० जेठ ३१, १२:०४

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामान फेला परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–६ दुम्लीमा अबैध रुपमा भन्सार छलिगरि ल्याएका कुलर, डिउ (पिय पदार्थ) बेवारीसे अवस्थामा प्रहरीले फेला पारेको हो। २४ हजार मुल्य बराबरका उक्त सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिगएको संयुक्त प्रहरी टोलिले बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

यस्तै शुक्लाफाटा नगरपालिका–१ बन्साह चौराहबाट चिनि, स्याम्फु, सलाई, लगयातका सामानहरु अस्थाई प्रहरी पोष्ट बनसाहले नियन्त्रणमा लिएको छ। ११ हजार ६ सय बराबरको सामान बेवारीसे अवस्थामा फेलापारी बरामदगरीएको प्रहरीले जनाएको छ।  

कमेन्ट लोड गर्नुस