सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा दुर्घटना हुँदा कञ्चनपुरका चारको मृत्यु

। फोटो स्रोत ।
२०८० जेठ २८, ११:०४ खबर संवाददाता

धनगढीः भारतमा दुर्भटना हुँदा एकै परिवारका चार नेपालीकाृ मृत्यु भएको छ। कञ्चनपुरको सीमा क्षेत्र वन वनबासानजिकै पर्ने भारतीय बजार खटिमास्थित चकरपुरमा कारले दुई वटा स्कुटरलाई ठक्कर दिँदा चार नेपालीको मृत्यु भएको हो। मृत्यु हुनेमा ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, २७ वर्षीया बुहारीहरू नर्मदा चन्द र ४२ वर्षीया कल्पना चन्द रहेका छन्। 

भारतीय सञ्चार माध्यामका अनुसार शनिवार दिउँसो दुर्घटना भएको हो। उनीहरु सबै एकै परिवारका हुन्। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामका उनीहरु भारतको खटिमास्थित मुडेली गाउँमा बस्दै आएका थिए। पूजाका लागि उनीहरू नेपाल फर्किरहेका थिए। पूजापाठपछि स्कुटरमा उनीहरु मुडेली फर्किएका हुन्।

तिव्र गतिमा आएको कारले उनीहरू सवार दुवै स्कुटरलाई ठक्कर दिएको थियो। एक स्कुटरमा नमबहादुर र उनकी श्रीमती र अर्कोमा दुई बुहारी सवार रहेकोमा कारले दुवैलाई ठक्कर दिएको हो। दुर्घटनामा घाइते भएका उनीहरूलाई उपचारका लागि खटिमास्थित नागरिक अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। 

एकै परिवारका चार जनाको मृत्यु भएपछि चन्द परिवार शोकमग्न छ। मृतक नेमबहादुरका छोरा ललितको पनि अघिल्लो वर्ष सडक दुर्घटनामा परेर मृत्यु भएको थियो। नेमबहादुरका छोराहरू दीपक र प्रेम अहिले भारतको चेन्नईमा काम गर्छन्।

घटनाबारे जानकारी पाएपछि उनीहरू खटिमा फर्किरहेका छन्। मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ। छोराहरू खटिमा पुगेपछि हिन्दु परम्पराअनुसार शारदा घाटमा अन्तिम संस्कार गरिनेछ।
 

कमेन्ट लोड गर्नुस