सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा कारको ठक्करबाट एकै परिवारका ४ नेपालीको मृत्यु

२०८० जेठ २८, ०८:१५ खबर संवाददाता

कञ्चनपुरः भारतमा कारको ठक्करबाट एकै परिवारका ४ नेपालीको मृत्यु भएको छ। भारतको उत्तराखण्ड अन्तर्गत वनबासा नजिकैको चकरपुरमा कारले ठक्कर दिँदा एकै परिवारका ४ जनाको ज्यान गएको हो।

कञ्चनपुरको उल्टाखाम घर भएका चन्द परिवारका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, २३ वर्षीया बुहारी नर्मदा चन्द र भाईकी पत्नी कल्पना चन्दको मृत्यु भएको जनाइएको छ। उनीहरु खटिमाको गोयल कलिनी, मुडेली बस्दै आएका थिए। शनिवार भएको उक्त दुर्घटनामा चारैजना बनबासा हुँदै २ वटा स्कुटरमा खटिमातर्फ गइरहेका थिए। उनीहरुलाई विपरीत दिशाबाट आइरहेको कारले ठक्कर दिएको थियो।
 

कमेन्ट लोड गर्नुस