सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक युवक मृत अवस्थामा फेला

२०८० जेठ २७, ०५:५६ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरका एक युवक नहरमा मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–१८ गोबरिया नहरमा भीमदत्त–१५ का ३५ वर्षीय भुवनराज भट्ट शनिवार मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनी खेतमा सिँचाइका लागि नहरबाट पानी लगाउन भनेर घरबाट निस्किएका थिए। लामो समयसम्म घर नफर्किएपछि खोजतलास गर्ने क्रममा उनी पानीमा डुबेको अवस्थामा मृत भेटिएका हुन्।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस