सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलौरीमा आजदेखि गर्मी बिदा

२०८० जेठ २६, ११:१० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिकामा आजदेखि गर्मी बिदा दिएको छ। अत्याधिक गर्मी हुनथालेपछि नगरपालिकाले बिहीवार एक सूचना जारी गर्दै ५ दिन बिद्यालय बन्द गर्ने निर्णय गरेको हो।

नगरपालिकाले आज (शुक्रवार) जेठ २६ गते देखि ३० गतेसम्म बिद्यालय बन्द गर्न पालिका भित्रका सबै सामुदायिक र संस्थागत बिद्यालयलाई अनुरोध गरेको छ। हाल बढिरहेको अत्यधिक गर्मीका कारण शिक्षक र विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको हुँदा वर्षे विदाबाट मिलान हुने गरि यही जेठ २६ गतेदेखि ३० गतेसम्म विद्यालय बन्द गर्न पालिकाले सूचनामार्फत अनुरोध गरेको छ।
 

कमेन्ट लोड गर्नुस