कञ्चनपुरमा बोईलर कुखुरासहित एक जना नियन्त्रणमा
कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका बोईलर कुखुरासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको बेलौरी नगरपालिका–२ बैजुडाँडास्थित भैसुलीका २० वर्षीय संजय रानालाई बिहीवार प्रहरीले नियन्त्रणमा लिएको हो।
से.७प. ७९३२ नम्बरको मोटरसाइकलमा भारतबाट भन्सार छलीगरि नेपाल ल्याउदै गरेको २४ हजार मुल्य बराबरको अवैध बोईलर कुखुरा र मोटरसाइकलसहित उनलाई ईलाका प्रहरी कार्यालय बेलौरीले नियन्त्रणमा लिएको जनाएको छ। आवश्यक कारवाहीका लागि रानालाई भन्सार कार्यालयमा बुझाईएको कञ्चनपुर प्रहरीले बताएको छ।
यस्तै बेलौरी नगरपालिका–६ भन्साररोडमा भारतबाट भन्सार छलिगरि ल्याएका ३७ हजार ३ सय बराबरको सामान फेला परेको छ। पास्ता, प्लाष्टिक, डिउ, मैदा, नरिवल, सोडा, किसमिस, लागयातका सामन ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले फेला पारेको हो। उक्त सामान बेवारीसे अवस्थामा फेलापारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।