कञ्चनपुरमा ७४ हजार बढी मूल्यको भन्सार छलीको तरकारी बरामद
कञ्चनपुरः कञ्चनपुरमा भन्सार छली गरि ल्याइएको तरकारी बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका –१० गड्डा चौकी स्थित नेपाल भारत सिमानाका नजिकैबाट अवैधरुपमा भन्सार छली ल्याएका सिम्लामिर्चा, कागती, हरियो खुर्सानी, गाजर, लौकागरि ७४ हजार सात सय ५० रुपैँया मूल्य बराबरको तरकारी बरामद गरिएको प्रहरीले जनाएको छ।
बराममद गरिएको तरकारी कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको छ।