कञ्चनपुरको भीमदत्तबाट लागुऔषधसहित तीन जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
२६ मिलिग्राम लागुऔषधसहित तीन जनालाई मंगलबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा सोही स्थानका २१ वर्षीय रबिन्द्र चन्द, १९ वर्षीय दिवस चन्द र एक जना १८ वर्षीया किशोरी रहेका छन्।
सो स्थानमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई लागुऔषधसहित पक्राउ गरेको हो।