कञ्चनपुरको एक भैसीगोठमा आगलागी
कञ्चनपुरः कञ्चनपुरको एक भैसी गोठमा आगलागी भएको छ।
जिल्लाको बेलौरी नगरपालिका–६ ढक्का चाँदरका ४५ वर्षीय ऋषिराम चौधरीको तीन कोठे भैसी गोठमा आगलागी भएको हो। मंगलबार विहान बिजुलीको तार सर्ट भएर गोठमा आगलागी हुँदा युरीया मल, गँहुको भुसा, सालको काठ लगायतका मालसामान गरी करिब चार लाख ८२ हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।