सुदूर नेपाललाई विश्वसँग जोड्दै

विपद व्यवस्थापनका योजना बनाउन स्थानीय तहलाई प्रशासनको आग्रह

२०८० जेठ २२, ०४:२५ खबर संवाददाता

बैतडीः बैतडीका स्थानीय तहहरुलाई १५ दिनभित्र विपद व्यवस्थापन योजना बनाउन आग्रह गरिएको छ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले १५ दिनभित्र स्थानीय विपद् पूर्वतयारी तथा प्रतिकार्ययोजना तर्जुमा गरेर जिल्ला विपद् व्यवस्थपान समितिको सचिवालयमा पठाउन आग्रह गरिएको हो। प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद व्यवस्थापन समितिका संयोजक सुरेश पन्थीको अध्यक्षतामा बसेको बैठकमा १० ओटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो।

यस्तै चालु आर्थिक बर्षमा स्थानीय तहहरुले विपद् पूर्वतयार,रोकथाम र प्रतिकार्यका लागि गरेको कामहरुको प्रतिवेदन बनाएर असार १० भित्र जिल्ला प्रशासन कार्यालयमा पठाउन समेत आग्रह गरेको छ। साथै विपद् प्रतिकार्यका सामग्रीहरुको अभिलेख जिल्ला विपद व्यवस्थापनमा पठाउनुपर्ने निर्णय समेत भएको छ।  आगामी मनसुनजन्य विपद्बाट प्रभावित हुन सक्ने क्षेत्रहरुको पहिचान गरी आवश्यक पूर्वतयारी गर्नुपर्ने बैठकले निर्णय गरेको छ।

यसका लागि सबै निकायहरुले आ–आफ्नो क्षेत्रमा तयारी अवस्थामा रहनुपर्ने निर्णय भएको छ। यस्तै बैतडीसहित सुदूरपश्चिमका जिल्लाहरुमा घरपालुवा पशुहरुमा फैलिएको लम्पी स्कीन रोगको रोकथामका लागि आवश्यक पहल गर्न र त्यसका लागि सम्बन्धीत तहका भेटनरी शाखाहरुले प्रभावकारी कदम चाल्नुपर्ने निर्णय गरेको जनाइएको छ।

कमेन्ट लोड गर्नुस