सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अवैध भन्सार छलीका सामान बरामद 

२०८० जेठ २२, ०९:५१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा अवैध भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको भिमदत्त नगरपालिका–१० भुजेला पुल स्थित भारतबाट भन्सार छली गरी ल्याउदै गरेको अवस्थामा ईलाकाप्रहरी कार्यालय गड्डाचौकीबाट खटीएको प्रहरी टोलीले चिनी, मिश्री र सुपर पावर फेलापारी बरामद गरेको हो।

भिमदत्त नगरपालिका–३ का भुवन अवस्थीले चलाएको सु.प्र.प्र.०२–००३ प ८८६५ नम्बरको स्कुटरमा ७५ हजार मुल्य बराबरको उक्त सामान आइतवार बरामद गरेको जनाएको छ। चालकसहित स्कुटर र सामान नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि प्रहरीले कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा पठाएको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस