सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षकलाई सारथी अस्पतालको साथ 

२०८० जेठ २१, ०८:११ खबर संवाददाता

धनगढीः  धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीमा रहेको सारथी अस्पतालले साथ दिएको छ।

नेपाल खेलकद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्टस अवार्डको चौथो संस्करणमा सारथी अस्पतालले प्रायोजन गरेर साथ दिएको हो। स्पोर्टस अवार्डमा दिईने ८ वटा विधा मध्येको बर्ष प्रशिक्षक विधालाई सारथीले प्रायोजन गरेको हो। अब यो विधाको नाम सारथी अस्पताल बर्ष प्रशिक्षक अवार्ड रहने छ।

खेलकुद क्षेत्रमा लागेका खेल प्रशिक्षकलाई पछिल्लो एक बर्षको अवधिमा खेलकुदमा दिएको प्रदर्शनका आधारमा बर्ष प्रशिक्षक रुपमा यो अवार्ड दिईनेछ। यो विधाका विजेतालाई  नगद ३० हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ। हरेक बर्ष हुने स्पोर्टस अवार्डमा सारथी अस्पतालले प्रायोजन गरेर साथ दिदै आएको छ।

विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा सारथी अस्पतालका अध्यक्ष वेदप्रकाश जोशी र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका बरिष्ठ उपाध्यक्ष शंकर बोहोराले हस्ताक्षर गरेका हुन्। अवार्डमा सुरुवातदेखि जोडिएकोले यसपाली पनि विधा प्रायोजन गरेर सहकार्य गर्दै खेलकुद क्षेत्रलाई साथ दिएको सारथी अस्पतालका अध्यक्ष जोशीले बताए। जोशीले स्वास्थ्य र खेलकुद एक अर्कासँग जोडिएको र यस्ता कार्यक्रमले खेलाडीहरुको प्रतिभा पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ।
 

कमेन्ट लोड गर्नुस