सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन्दीप सोमबार साँझ दक्षिण अफ्रिका प्रस्थान गर्दै

२०८० जेठ २१, ०४:५७ खबर संवाददाता

काठमाडौँः  नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने सोमबार साँझ प्रशिक्षक मोन्टी देशाइसँगै दक्षिण अफ्रिका प्रस्थान गर्ने पक्का भएको छ।

जिल्ला अदालतले बलत्कार आरोपमा मुद्दा खेपिरहेका सन्दीपलाई ‘अपबाद’का रुपमा लामो समय तारिख स्थगित गरेपछि उनको दक्षिण अफ्रिका र जिम्बाब्वे यात्रा पक्का भएको हो। सन्दीपका कानुन ब्यबसायिले महत्वपूर्ण अन्तराष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै सोही अनुसारको निवेदन दिएपछि लामो समय सम्मका लागि तारिख स्थगित गर्ने निर्णय भएको हो।

अब सन्दीप प्रतियोगिताभर तारिख बुझ्नका लागि नेपाल फर्किनु पर्ने दबाबबाट मुक्त भएका छन्। सर्वोच्च अदालतले सन्दीपलाई विदेश जानका लागि अनुमति दिए पनि गम्भीर फौजदारी मुद्दामा लामो समय तारिख स्थगन गर्न पाइँदैन। अदालतले सन्दीपको मुद्दामा अब असार २९ गतेको तारिख तोकेको छ।

सन्दीप विश्वकप छनोट खेलेर स्वदेश फर्किएपछि उनले अदालतलाई आफू नेपाल फर्किएको जानकारी गराउनेछन्। त्यसपछि २९ असारमा तारिख बुझेपछि त्यसको अर्को साता पेसी तोकेर सुनुवाई सुरु गरिनेछ।
 

कमेन्ट लोड गर्नुस