सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा चोट लागेर बेहोस भेटिएका पुरुषको मृत्यु

२०८० जेठ २१, ११:४२ खबर संवाददाता

धनगढीः दार्चुलामा बेहोस भेटिएका पुरुषको मृत्यु भएको छ।

जिल्लास्थित खलंगा बसपार्कनजिक बेहोस अवस्थामा भेटिएका बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ का देव परियारको मुत्यु भएको हो। दार्चुला प्रहरीका अनुसार शनिवार राति साढे २ बजे उनी घाइते अवस्थामा फेला परेका थिए। उनको आइतवार बिहान पौने १० बजे मृत्यु भएको हो। 

उनी महाकाली नगरपालिका वडा नम्बर ४ स्थित बसपार्कनजिक बेहोस अवस्थामा भेटिएका थिए। चोटपटक लागेर गम्भीर अवस्थामा फेला परेका परियारको प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरेको थियो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी जगत गहामगरका अनुसार घटनाको कारण खुलेको छैन। कुटपिटबाट घाइते वा आफै कुनै कारणले घाइते भएका हुन ? यो विषयमा प्रहरीले अनुसन्धान गर्दैछ। उनी दार्चुलामा लेबरी काम गर्दै आएका खुलेको छ। 

कमेन्ट लोड गर्नुस