सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक घर जलेर ३ लाख बढीको क्षति

२०८० जेठ २०, ०५:३३ खबर संवाददाता

कैलालीः  कैलालीमा एक घरमा आगलागी भएको छ।

जिल्लाको चुरे गाउँपालिका–१ पाखिरका टेकबहादुर वि.क को घरमा आगलागी भएको हो। दुई तले दुई कोठे खरले छाएको ढुङ्गा माटोले बनेको घरको भान्सामा खाना पकाउने क्रममा आगलागी हुँदा खाद्यान्न , लत्ताकपडा, भाडाकुँडा, सोलार, ८ वटा कुखुराका चल्ला लगायत तीन लाख ५० हजार बराबरको धनमाल जली नष्ट भएको छ।

प्रहरी र स्थानियबासीहरुको सहयोगमा आगो नियन्त्रणमा लिई सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस