सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा जुवाखालबाट १२ जना जुवाडे पक्राउ

२०८२ असार ७, ०५:२६ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहराबाट १२ जना जुवाडे पक्राउ परेका छन्।

शनिवार वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले न्यु लामिछाने कन्ट्रक्सन कम्पनीको भित्रि कोठामा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा छापा हानेको थियो। वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक योगेश खत्रीको नेतृत्वमा पुगेको टोलीले छापा हानेर एक लाख ३१ हजार एक सय ८० नगद र चार गड्डी ताससहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ का ३१ वर्षीय सन्तोष कामी, वडा नं. ८ का ६२ वर्षीय जयबहादुर कार्की, वडा नं. १ का ४२ वर्षीय रमेश साउद र ३५ वर्षीय पुष्प बिष्ट, वडा नं. ५ का ४१ वर्षीय लालबहादुर केसी, वडा नं. ७ का ३६ वर्षीय खडकबहादुर शाही, वडा नं. ६ का ३२ वर्षीय भुवन बोहरा, वडा नं. ८ का ४२ वर्षीय भरत बिक, वडा नं. १ का ३४ वर्षीय कृष्ण कुँवर, वडा नं. ८ का ५० वर्षीय तुलाराम बिष्ट, वडा नं. १ का ३४ वर्षीय राजेन्द्र साउद र वडा नं. ८ का ५२ वर्षीय नन्दलाल राना रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

कमेन्ट लोड गर्नुस