सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट ७० हजार मुल्य बराबरका अवैध सामान बरामद

२०८० जेठ २०, ०२:५० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट ७० हजार मुल्य बराबरका अवैध सामान बरामद गरिएको छ।

जिल्लाको बेलौरी नगरपालिका–६ प्रेमनगरबाट भन्सार छलीका सामान बरामद गरिएको हो। एक सय किलो कुखुरा, चिनी, प्लाष्टिक, से १ प ४००९ नम्बरको मोटरसाईकल गरी ७० हजार मुल्य बराबरका भन्सार छलीका सामान बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त प्रहरी टोलीले मोटरसाइकलसहित भन्सार छलीका सामान नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस