सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा रुखबाट खसेर एक युवाको मृत्यु

२०८० जेठ २०, ०१:३८ खबर संवाददाता

बाजुराः बाजुरामा रुखबाट खसेर एक युवाको मृत्यु भएको छ।

जिल्लाको बडीमालिका नगरपालिका–७ ढम्कनेमा गाईवस्तुलाई घाँस काट्न गएका बेला शनिबार बिहान रुखबाट खसेर एक युवाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ढम्कनेकै ४२ वर्षीय देवबहादुर धामी रहेको वडासदस्य लोकेन्द्र रोकायाले बताए। रोकायाका अनुसार गाउँनजिकै रहेको कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका बेला शनिबार विहान ८ बजे रुखबाट खसेर धामीको घटनास्थलमै मृत्यु भएको हो।

कमेन्ट लोड गर्नुस