कञ्चनपुरमा वेवारिसे अवस्थामा सामान फेला

२०८० जेठ २०, १२:१९
कञ्चनपुरः कञ्चनपुरमा वेवारिसे अवस्थामा सामान फेला परेको छ।
जिल्लाको भिमदत्त नगरपालिका–११ चौकिसत्ता भारतबाट भन्सार छली ल्याएका दाल, पेय पदार्थ र बिडी लगायतका ३५ हजार २ सय मुल्य बराबरको सामानहरु वेवारिसे अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको हो। शुक्रवार इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिइएको प्रहरी टोलीले उक्त सामान बरामद गरी आवश्यक कारवाहीका लागि गडडाचौकी भन्सार कार्यालयमा पठाईएको जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस