सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा विप्लव समूहका सचिवको घरमा खानतलासी : पेस्तोल सहित दुई राउण्ड गोली बरामद

२०७६ वैशाख १, १०:२० डीवि विष्ट

शुक्रबार पक्राउ परेका  विप्लव नेतृत्वको नेकपाका बझाङ जिल्ला सचिव भरत मल्लको घरमा प्रहरीले खानतलासी गरेको छ। जिल्ला प्रहरी कार्यालयको टोलीले शनिबार मल्लको घरमा खानतलासी गरेको हो। खानतलासीका क्रममा मल्लको घरबाट कटुवा पेस्तोल सहित दुई राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ। यस्तै प्रहरीले एक थान फोन सेट, चरेश जस्तै देखिने कालो पदार्थ, साढे १० मिटर विद्युतीय तार र बम बनाउन प्रयोग गरिने सकेट पाईप पनि बरामद गरिएको बझाङका प्रमुख प्रहरी नायब उपरिक्षक सुर्य बहादुर केसीले जानकारी दिए।  

मल्ललाई प्रहरीले शुक्रबार दिउँसो ३ बजेको समयमा विथ्थडचिर गाँउपालिकाको स्याँडी क्षेत्रबाट पक्राउ गरेको थियो। प्रहरीले सवारीसाधन चेकजाँचका क्रममा उनलाई स्याँडी प्रहरी चौकी नजिकैबाट प्रक्राउ थियो।  मल्लले चन्दा माग्दै ज्यान मार्ने सम्मको धम्की दिएको, विभिन्न संघसंस्थाका भवन भत्काउने धम्की पनि दिएको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक सुर्य बहादुर केसीले बताए। उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको केसीले जानकारी दिए।    
 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस