गेटा विश्वविद्यालयबारे शनिवार बिहान सडक बहस हुने

धनगढीः गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले शनिवार सडक बहस गर्ने भएको छ।
शनिवार बिहान ८ बजे गेटामा निर्मित संरचनाको मुख्य प्रवेशद्वार अगाडि ६ लेन सडकमा सडक बहस गरिने संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो) ले बताए। सडक बहसमा सहभागी हुन संयोजक पाण्डेले सर्वसाधारणलाई आग्रह गरेका छन्।
सडक बहसमा सहभागी हुन धनगढीका नगरप्रमुख गोपाल हमाल, गेटा मेडिकल पूर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक हेमराज पुजाराको सहभागिता रहने पाण्डेले बताएका छन्। गेटामा विश्वविद्यालय स्थापना गर्न गठित संघर्ष समितिले शुक्रवारबाट विभिन्न आन्दोलनका कार्यक्रम गरिरहेको छ।
