सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेको सचिवालय बैठक बस्दै

२०८० जेठ १९, ०८:२९ खबर संवाददाता

काठमाडौंः नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो।

बैठकमा केन्द्रीय कमिटीको निर्णयअनुसार नेताहरूको कार्य विभाजन र आगामी कार्यक्रमहरूको कार्य योजना तयार गरिने एमाले केन्द्रीय पार्टी कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए। बैठकमा नेताहरुको कार्य विभाजन, पार्टीको कार्य योजनादेखि सबै विषय पारित गर्ने जनाइएको छ। बैठकमा समसामयिक विषयमा पनि छलफल हुने जनाइएको छ।

कमेन्ट लोड गर्नुस