सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ

२०८० जेठ १९, ०७:४१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागु औषध सहित एक युवक पक्राउ परेका छन्। जिल्लाको भिमदत्त नगरपालिका–१६ मझगाउ स्थित सोही नगरपालिका–१८ का २८ वर्षीय प्रेम नेपालीलाई बिहीवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

नेपालीको साथबाट रेक्सोजेसिक एम्पुल २ थान, फिनारगन २थान र रेक्सोजेसिक ६ वटा एम्पुल फुटाएको अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। उनलाई अस्थायी प्रहरी पोष्ट मझगाँउबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरेको हो। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस