सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा ५१ थान काठ बरामद

२०८० जेठ १८, ०४:३३ खबर संवाददाता

दार्चुलाः दार्चुलामा  अवैध काठ बरामद गरिएको छ। जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ छाङ्रुस्थित सुतला सामुदायिक वनबाट ५१ थान काठ बरामद गरिएको हो।  

वन समितिले उक्त काठ बरामद गरेको हो। समितिका अनुसार गोप्य सूचनाका आधारमा काठ फेला परेको हो। काठ काटिएको ठाउँमा बन्चरो र सब्बलसमेत फेला परेका छन्। वनमा काठ काट्दै गरेका मानिस भने भागेका छन्। 
 

कमेन्ट लोड गर्नुस