सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माणको जिम्मा भारतले लियो

२०८० जेठ १८, ०३:४१ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माणको जिम्मा भारतले लिएको छ। जिल्लाको दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्न भारत सरकार सहमत भएको हो। सुख्खा बन्दरगाह निर्माण गर्न नेपाल र भारतबीच सहमति भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सुख्खा बन्दगाह परियोजना निर्माणको जिम्मा भारतलाई दिइएको हो। उक्त सम्झौता पत्रमा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले समझदारी पत्र साटासाट गरेका छन्। 
नेपालले कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गरेको छ। उक्त परियोजना कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा पर्छ। 
 

कमेन्ट लोड गर्नुस