कञ्चनपुरमा २ मोटरसाइकलसहित अवैध कुखुरा बरामद
धनगढीः कञ्चनपुरबाट प्रहरीले अवैध कुखुरा बरामद गरेको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर २ बैजुडाडाबाट से १ प ५९१८ र से १ प ९३१० नम्बरको मोटरसाइकलमा दुइ सय किलोग्राम अवैध कुखुरा बरामद गरिएको हो।
बिहीवार दउसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी टेडुवा कञ्चनपुरबाट खटिएको सयुक्त प्रहरी टोलीले एक लाख २० हजारका अवैध कुखुरा र मोटरसाइकल बरामद गरेको हो। मोटरसाइकल र कुखुरा बेवारिस्य अवश्थामा फेला पारेके प्रहरीले बताएको छ।