कञ्चनपुरमा ३६ हजारका माछा बरामद
धनगढीः कञ्चनपुरमा भन्सार छलीका माछा बरामद गरिएको छ। भारतबाट भन्सार छली ल्याइएका ३६ हजार मूल्यका २५ किलोग्राम माछा र भारतीय नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलिले बुधवार भारतबाट ल्याएका अबैध माछा बरामद गरेको हो। बेवारीसे मोटरसाईकल र माछा बरामद गरी ईलाका प्रहरी कार्यालय बेलौरीमा ल्याइएको थियो । अबैध माछा स्थानिय जनप्रतिनिधी,संचारकर्मीको रोहबरमा नष्ट गरेको ।