सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्पोर्ट्स अवार्ड’ लाई न्यू सिटी पोलिक्लिनिकको प्रायोजन

२०८० जेठ १७, ०७:२८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा असार ८ गते आयोजना हुने ‘एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ लाई न्यू सिटी पोलिक्लिनिक प्रालिले प्रायोजन गरेको छ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डको मुख्य प्रायोजक धनगढीमा रहेको सुदूरपश्चिमाञ्चल एकेडेमी ९एसपीए० रहेको छ। विगतका संस्करणमा समेत साथ दिँदै आएको न्यू सिटी पोलिक्लिनिकले चौथो संस्करणमा पनि अवार्डलाई प्रायोजन गरेको हो। 

अवार्ड मार्फत प्रदान हुने ८ वटा विधामा सुदूरपश्चिम आइकन महिला विधालाई उक्त क्लिनिकले प्रयोजन गरेको हो। अब उक्त विधाको नाम न्यू सिटी पोलिक्लिनिक सुदूरपश्चिम आइकन महिला अवार्ड हुने भएको छ। मङ्गलवार मञ्चका अध्यक्ष प्रदीप पाठक र अस्पतालका सञ्चालक भरत कुँवरले उक्त विधाको अवार्डका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 

धनगढीमा रहेको निजी क्षेत्रको स्वास्थ्य संस्था न्यू सिटी पोलिक्लिनिकले विगत लामो समय देखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ सेवा प्रवाह गर्दै आएको छ । हाड जोर्नी तथा नसासँग सम्बन्धित समस्याको उपचारमा उक्त क्लिनिकले थप विशेषज्ञ सेवाहरू प्रदान गर्दै आएको छ। 

असार ८ गते धनगढीमा आयोजना हुने चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ। 

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो।  उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५र३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५र२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ। 

यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। 

अवार्डको चौथो संस्करणको तयारी तीव्र रूपमा भइरहेको छ। प्रायोजक प्रर्वद्धकहरुको खोजी गर्दै अवार्डको तयारी अघि बढेको छ। 

कमेन्ट लोड गर्नुस