कञ्चनपुरमा भन्सार छलीका सामानसहित पाँच जना पक्राउ
धनगढीः कञ्चनतपुरमा भन्सार छलीका सामानसहित पाँच जना पक्राउ परेका छन्। बुधवार दिउँसो जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० विद्युत कार्यालय अगाडिबाट पाँच जना पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिई गएको प्रहरी टोलीले मानिससहित पाँच थान साईकल, खानेतेल, चिनी, मिश्री, बिस्कुट, नमकिन, खुर्सानी, चना, कपडा, सुर्ति गरी अन्दाजी ६१ हजार ९६५ मूल्य बराबरको सामान नियन्त्रणमा लिएको हो।
भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको अवस्थामा मानसिसहित सामान बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका वडा नम्बर ७ का करण चन्द, तेजसिंह धामी, धनबहादुर चन्द, नकुल चन्द र बासुदेव भट्ट रहेको प्रहरीले जनाएको छ।
बरामद भएको सामान सहित मानिसलाई आवश्यक कारबाहीको लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको नेपाल प्रहरीले जनाएको छ।