सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित चार जना पक्राउ

२०८० जेठ १७, १२:३५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित चार जना पक्राउ परेका छन्।

मंगलबार जिल्लाको बेलौरी नगरपालिका–१० सडकघाटको नेपाल–भारत सिमा नजिक भारतबाट नेपाल आउदै गरेको पिलभित भारतका २२ वर्षीय सोनु सिंह र २५ वर्षीय सुकदेव सिंह लागुऔषधसहित पक्राउ परेका हुन्। १० दशमलव ३६ ग्राम लागुऔषधसहित दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै मंगलबार साँझ भीमदत्त नगरपालिका–१८ जानकीटोलबाट निम्बुखेडाका २६ वर्षीय मन्दिप पाल र सोहि स्थानका अन्दाजी १९ वर्षीया सृजना भाटलाई लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ। मालबाट शून्य दशमलव शून्य ९ ग्राम लागुऔषध र सृजनाको साथबाट ५ ट्याब्लेट स्पास फेला परेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस